आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड २४ सै घण्टा खुल्ला

काठमाडौं । सडक निर्माण कार्य भईरहकोले हरेक दिन रातको समयमा बन्द हुँँदैआएको नारायणगढ–मुग्लिन सडक खण्ड आज बुधबारदेखि २४सै घन्टा खुल्ला हुने भएकोछ ।
दसैं र तिहार पर्वमा घरजाने यात्रुलाई मध्येनजर गर्दै सहज रूपमा यात्रा गराउन सो सडकखण्ड २४ सै घन्टा सञ्चालनमा ल्याउन लागिएको हो । सडकको अवस्था बताउन सूचना बोर्ड पनि राखिएको छ ।
वर्षाका कारण पहिरो खस्ने समस्या बढेपछि गत २५ असारदेखि रातको समयमा सडक यातायात बन्द गरिएको थियो । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढ तर्फबाट जाने सवारीसाधनलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोक्दै आएको थियो ।

सूचनाका लागि राजमार्ग किनारमा राखिएका डिजिटल बोर्डले यात्रुवाहक सवारीसाधनको चापलाई हेरेर राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगरनजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबाटारमा रोकिनेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले चाडपर्वमा सवारी चाप बढ्ने भएकाले सडक खण्डमा सवारी चाप कम गरी यातायात सहज बनाउने तयारी गरिएको बताए।
चाडपर्वको अवधिमा सडकमा खाल्डाखुल्डी पुर्ने, पानी छर्कने, निर्माण सामग्रीका कारण सडक अवरोध नगर्ने तयारी भएको बताउँदै नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले निर्माण कम्पनीहरूले सो अवधिका लागि निर्माणको कामभन्दा यात्रुमैत्री भएर काम गर्ने बताए ।

सडकखण्डमा बाटो बन्द छ वा खुला छ जस्ता जानकारी बोर्डमा विभिन्न स्थानमा डिजिटल स्सूचना वोर्ड राखिएकोको यातालाई सहज कहाँ के भएको छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । । यसको लागि सात स्थानमा डिजिटल सूचना बोर्ड राख्ने तयारी भए पनि अहिलेसम्म पाँच स्थानमा मात्र सूचना बोर्डहरू राखिएको जानकारी दिँदै आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जनाकारी दिए । काठमाडौंको नागढुंगामा, रायणगढ–आँपटारी, मुग्लिन र हेटौंडामा राखिएको जानकारी दिए । नौबिसे, पथलैया र बुटबलमा पनि यस्तो सूचना बोर्ड राखिने उनले बताए ।आयोजनाका अधिकारीले इन्टरनेट भएको ठाउँबाट मोबाइल फोन सेट वा कम्प्युटरको मद्दतले जानकारी प्रवाह गर्नेछन् र त्यही सूचना सौर्य ऊर्जाबाट चल्ने बोर्डमा देखिनेछ । सातवटै बोर्डका लागि एकै खालको वा फरकफरक सूचना राख्न मिल्ने सुविधा भएको खनालले बताए ।
सडकखण्ड सामान्य रहेको अवस्थामा बोर्डमा ट्राफिक नियम पालनासम्बन्धी सूचनाहरू राखिने गरिएको छ । सूचना बोर्डको आयु कम्तीमा १० वर्षको हुने खनालले जानकारी दिए । एउटा सूचना बोर्ड राख्न २२ लाख रुपैयाँ खर्च भएको बताउँदै खनालले सूचना बोर्डका लागि मात्रै १ करोड ५४ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको बनाउन विस्तारको काम भइरहेको छ । सडक फराकिलो बनाउने क्रममा पटकपटक बन्द हुँदै आएको छ । त्यसैले ठाउँठाउँमा सूचना बोर्ड राखेर तत्कालको तत्कालै सूचना प्रवाह गर्दा यात्रुलाई सडकमा यात्रा गर्ने वा नगर्ने योजना बनाउन सहयोग पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्