राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकारले काम गरिरहेको छ : मन्त्री देवेन्द्र दाहाल

काठमाडौं,२३ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथकिमताका साथ काम गरिरहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने उनको बताए ।

‘सुरुङ निर्माणमा उल्लेखनीय प्रगति भइरहेको र छिट्टै निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आउने छ । तराई मधेशका जनतालाई सुविधा दिनको लागि निर्माण गरिएको हुलाकी राजमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको छ,’ दाहालले भने ।

मन्त्री दाहालले सडक तथा पूवार्धार निर्माणका कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्