नेकपा एकीकृत समाजवादी कहिल्यै पनि एमसीसीको पक्षमा थिएन – महासचिव भूसाल

काठमाडौं,१२ फागुन । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनको पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव घनश्याम भूसालले यस्तो यस्तो प्रतिक्रिया दिएका हुन् ।

एमसीसी संसद्बाट पारित भएकाले यसको अनुगमन पनि संसदीय रुपमै हुुनपर्ने कुरा आफ्नो पार्टीले सुरुदेखि नै भनिरहेको महासचिव भूसालले बताए ।

एमसीसी संविधानसँग बाझ्ने कुरामा, हाम्रो सबैभन्दा ठूलो असहमतीको कुरा छ । त्यसको लेखापरीक्षण लगायतका कुरामा हाम्रो रिजर्भेसन रहेको हो ।

नेकपा एकीकृत समाजवादी संस्थागत रुपमा एमसीसीको पक्षमा छैन भन्ने कुरा हामी जानकारी गराउँछौं । यो संसद्बाट पारित भएकाले अनुगमन पनि संसदीय हुनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं ।

 

प्रतिक्रिया दिनुहोस्