गोरखामा लागेको आगो ५५ घण्टापछि नियन्त्रणमा आयो , के कति भयो त क्षती ?

काठमाडौं, पुस ११ । गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा लागेको आगो झण्डै ५५ घण्टापछि निभाइएको छ ।
दाउरा संकलनका लागिसमेत प्रतिबन्ध लगाइएको जंगलमा आइतबार बेलुकी आगो लागेको थियो । स्थानीयबासी र प्रहरीले बुधबार बिहान आगो निभाएका हुन् ।
आगोमा जलेर केही दुर्लभ जातका कस्तुरी मरेका छन् भने त्यस क्षेत्रमा रहेका धूपी, भोजपत्र लगायतका बहुमूल्य जडीबुटीह नष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्