घुस लिँदै गरेको अवस्थामा म्याग्दीका सहायक वन अधिकृत ठाकुर पक्राउ

काठमाडौं, पुस ६ । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर बिहीबार घुस रकमसहित पक्राउ परेका छन्।
बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई ३३ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो।
काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अतिरिक्त रकम मागेको सूचना पाएपछि ठाकुरलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए।
पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान गरी मुद्दा दायर गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस्