विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

काठमाडौं, मङ्सिर २५ । विद्युत् सर्ट भएर सोमबार साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय सत्यनारायण साहको घरमा विद्युत् सर्ट भएर साँझ ६ बजेतिर भएको आगलागीमा उनको दुई वटा घर, स ४ प ४१९३ नम्बर मोटरसाइकल, नगद ८० हजार, एक थान सोनी कम्पनी कम्प्युटर, एक थान टिभी तथा धान, चामल, गहुँ लगायतका सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनले जनाएको छ।
प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्