कठमाडौं, मंसिर १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ ।
कञ्चनपुरका १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिएर कुमार श्रेष्ठफरार भएका थिए । ठक्करबाट घाइते सिंहको पछि मृत्यु भएको थियो ।
मृतक सिंह नेपाल प्रहरीका हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । चक्रबहादुरको माओवादीले ०५८ मा गरेको अछाम सदरमुकाम मंगलसेन आक्रमणका क्रममा निधन भएको थियो ।
फरार श्रेष्ठलाई बा१५च ३२९३ नं को ओमिनो कार्गो भ्यानसहित काभ्रेबाट पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्