दुई कम्पनीको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

काठमाडौं, मंसिर १७ । नेपाल स्टक एक्सचेन्जले दुई वटा कम्पनीको कारोबार रोक्का गरेको छ ।
 नेप्सेले नाडेप लघुवित्त वित्तिय संस्था र नेपाल ल्युब आयलको कारोबार रोक्का गरेको हो । नाडेपको सञ्चालक समितिले गरेको लाभांश वित्तरणको निर्णयलाई तत्काल नेप्से समक्ष जानकारी नगराएको र ल्युब आयलले पनि आफ्नो निर्णय समयमै जानकारी नगराएको भन्दै कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
नाडेपले १२ गते बसेको सञ्चालक समितिको लाभांश दिने निर्णयलाई १३ गते मात्र नेप्सेलाई जानकारी गराएको थियो । यता ल्युब आयलले पनि १३ गतेको निर्णय १६ गतेमात्र नेप्सेलाई जानकारी गराएको थियो ।
नाडेपले ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । यता ल्युब आयलले पनि १० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
यी दुबैले सेयर मूल्यमा प्रभाव पार्नसक्ने संवेदनशिल सुचना तत्काल नेप्सेलाई जानकारी नगराएको भन्दै कारोबार रोक्का गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्