मिर्गौलापीडितलाई आर्थिक सहयोग

काठमाडौं, ६ मंसिर ।  दुवै मिर्गाैलापीडित डिलबहादुर सार्की (नेपाली) लाई त्यहाँको राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ ।
पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उहाँको निवासमा पुगी बुधबार उक्त मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम प्रदान गरेका हुन् । निर्माण व्यवसायी नेपालीको गत चैतमा उच्च रक्तचापका कारण दुवै मिर्गाैलाले काम गर्न छाडेपछि अहिले फिष्टेल अस्पतालमा उपचार गराई रहेका छन् । पचारका क्रममा अहिलेसम्म रु चार लाख खर्च भइसकेको बताउँदै उनकी श्रीमती सुमित्रा नेपालीले सहयोगका लागि सबैसँग आग्रह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्