कठमाडौ , ५ मङ्सिर । वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. ध्रुवराज अधिकारीले चाकडी र घुस दिन नसक्दा आफ्नो काज सरुवा नभएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन् छन् ।
उनले मंगलबार उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै चाकडी र घुसको रकम र्पुयाउन नसक्दा राजीनामा दिएको उल्लेख गरे । उनले लेखेको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने डाक्टर अधिकारीको आरोपको खण्डन गरेको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठका अनुसार डा. अधिकारीलाई आठौं तहबाट नवौं तहमा बढुवा गरेर गण्डकी अस्पताल पोखरामा पदस्थापन गरिएको थियो । तर डा. अधिकारी खटाएको ठाउँमा एक दिन पनि हाजिर नभएको उनको भनाइ छ ।
एक दिन भए पनि सरुवा गरेको कार्यालयमा गएर हाजिर गर्नुहोस्, अनि वीर अस्पतालमै काज सरुवा गरौंला भन्दा समेत डा. अधिकारीले अवज्ञा गरेको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्