ओखलढुङ्गाको एक पेट्रोलियम पम्पमा शिलबन्दी, कारोबार रोक्का

काठमाडौं, मंसिर ४ । आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ बिक्री वितरणमा अनियमिता एवम् ठगी गर्ने ओखलढुङ्गाको खुश्वु इन्धन सप्लायर्समा शिलबन्दी गरी कारोबार रोक्का गरिएको छ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शम्भु झाको नेतृत्वमा खटिएको टोलीले सो सप्लायर्सको उपकरणमा सफ्टवेयर (चिप्स) प्रयोग गरी पेट्रोलियम पदार्थ तोकिएकोे भन्दा कम तौलमा बिक्री गरेको भेट्टिएपछि शिलबन्दी गरिएको हो।
प्रमुख झाका अनुसार कृष्णराम मकाजुद्वारा सञ्चालित सो सप्लायर्सको उपकरण जाँच गर्दा प्रति पाँच लिटर डिजलमा २ सय ८० मिलिलिटर तथा पाँच लिटर पेट्रोलमा १ सय ३५ मिलिलिटर कम गरी बिक्री वितरण गरेको पाइएको थियो।
प्रतिक्रिया दिनुहोस्