आजदेखि बुटवलमा हर्न बजाउन नपाइने

काठमाडौं , १ मंसिर । बुटवल उपमहानगरपालिकामा आजदेखि हर्न बजाउन नपाइने भएको छ ।
प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्राफिक प्रहरीले स्थानीय निकायसँग मिलेर यो अभियान सुरु गरेको हो।
अभियानअन्तर्गत मंसिर १ गतेदेखि बुटवलको तल्लो सिद्धबाबादेखि योगीकुटी, बेलबासदेखि धागो कारखानासम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको प्रहरीले जनाएको छ । पहिलो चरणमा नमूनाका रुपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ भने बिस्तारै भित्रि सडकमा समेत यो नियम लागू हुनेछ ।
बुटवलपछि नेपालगञ्ज, घोराही, तुल्सीपुरलार्इ समेत हर्न निषेधित क्षेत्र घोषणा गर्ने प्रहरीको तयारी छ । सवारीको चापका कारण प्रदेशका मुख्य शहरमा ध्वनि प्रदूषण बढेको गुनासो आएपछि प्रहरीले अभियानको थालनी गरेको प्रदेश ५ का प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्