ट्रयाक्टर दुर्घटनामा कलाकार अमृत तामाङको ज्यान गयो

काठमाडौं, कात्तिक ३० । दोलखाली कलाकार अमृत तामाङको शुक्रबार ट्रयाक्टर दुर्घटनामा परी ज्यान गएको छ ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर–३, बुलुङ भिरमुनीका ४४ वर्षीय तामाङको शुक्रबार बिहान मृत्यु भएको हो ।
लु ३ त ९७२३ नम्बरको ट्रयाक्टर ढुंगा लोड गरी बुलुङबाट भिरमुनी भन्ने ठाउँतिर जाँदै गर्दा ट्रयाक्टर ब्याक गर्ने क्रममा ट्रयाक्टर सडकबाट करिब ३२ फिट तल खसेको थियो ।
सडकबाट खसेको ट्रयाक्टरले च्याप्दा तामाङको घटनास्थलमै ज्यान गएको हो । मृतक तामाङ त्यस ट्रयाक्टरका साहु भएको बताइएको छ ।
चालकको नाम थर नखुलेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
मृतक तामाङले पुरानो माया, दौंतरी जस्ता चर्चित सेलो भाका गाएका थिए ।
प्रतिक्रिया दिनुहोस्