भाइटीकाकै दिन दुई युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं, कात्तिक २६ । जन्मदिनको अवसरमा भोज आयोजना गरेको बहानामा बोलाएर दुई युवतीमाथि सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।
लहान नगरपालिका–२२ र लक्ष्मीपुरपत्तारी गाउँपालिका–२ का युवती सामूहिक बलात्कारको सिकार भएका हुन् ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार लहान नगरपालिका–१२ भोटियाटोलका हरिकान्त चौधरीले आफ्नो जन्मदिनको भोजमा सहभागी हुन चिनजानका दुई युवतीलाई बोलाएका थिए । चौधरी थरका ती दुबै युवतीलाई हरिकान्तले नै मोटरसाइकलमा भोटियाटोलको चौरमा लगेर उनीसहित सातजना युवासहितले बलात्कार गरेको बयान ती युवतीले दिएको थापाले बताए ।
पीडित युवतीको बयान उद्धृत गर्दै डिएसपी थापाले भने, ‘भाइटीकाको साँझ करिब साढे ६ बजे हरिकान्त चौधरीले मेरो बर्थडेको पार्टी छ, जाऔं भन्दै मोटरसाइकलमा लगे । तर आफ्नो घर नलगी चौरमा लगेर उनीसहित सातजना युवा मिलेर बलात्कार गरे । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्