सुन चाँदीको भाउ घट्यो, हुदै छ आज यतिमा कारोबार

काठमाडौं, कात्तिक २५ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्