काठमाडौं , कात्तिक २२ । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ ।
चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिनुभयाे । कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ ।
यसअघि बोक्सीकै आरोपमा राधामाथि कुटपिट भएको थियो । भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन् ।
घोडाघोडी नगरपालिका-५ देउकलियाकी उनीमाथि २०७४ फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्