कांग्रेसद्वारा सर्लाही बन्द, दोषीलाई कार्वाही नगरेसम्म मृतकको शव नबुझ्ने चेतावनी

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले आइतबार सर्लाही सदरमुकामसहित मुख्य व्यापारी केन्द्रको बजार बन्द गराएको छ ।
कार्तिक १३ गते रामनगर बहुर्वा( ४ मा नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता विलास महतोको ज्यान गएपछि कांग्रेसले हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।
कांग्रेस कार्यकर्ताले आइतबार बिहानैदेखि हत्याको विरोधमा ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । दोषीलाई पक्राउ गरेर कानुनी कार्वाही नगरेसम्म मृतकको शव नबुझ्ने कांग्रेस नेता अम्रेशकुमार सिहले जानकारी दिए ।
नेकपाका जिल्ला संयोजक रेवती पन्तले आफ्नो कार्यकर्ताले महतोको हत्या नगरेको दावी गरे ।
प्रतिक्रिया दिनुहोस्