काठमाडौं, कात्तिक १६ । जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका ११ वटा गाउँबस्ती छुईगोठ मुक्त घोषणा भएका छन् । महिला समुह, लगायत गैरसरकारी संस्थाले जनचेतनामुलक कार्यक्रम गरेपछि जिल्लाका ११ बस्ति छाउगोठ मुक्त घोषणा भएका हुन् ।
जिल्लाको हिमा गाउपालिकाका वडा नं ६ लाई छाउगोठमुक्त भएसंगै छाउगोठमुक्त घोषणा हुने बस्तीको संख्या ११ पुगेको हो ।
३३ महिनाको छलफल र सचेतना कार्यक्रमबाट वडा नम्बर ६ लाई छाउगोठमुक्त बस्ति घोषणा गर्न सफल भएको वडा सदस्य चक्र बहादुर शाहीले जानकारी दिए । यसअघि १० वटा बस्ति तथा छाउगोठ मुक्त घोषणा भइसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्