कारको ठक्करबाट उपचारका क्रममा घाइते वृद्धाको मृत्यु

काठमाडौं, ११ कात्तिक । कारको ठक्करबाट उपचारका क्रममा घाइते वृद्धाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्