बारपाक सुलिकोटको नमुना पुस्तकालयको निर्माण अबस्था यस्तो

गोरखा जिल्ला बारपाक सुलिकोट गाउॅपालिका बडा नं ६ मा बन्दै गरेको ताकुकोट सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको भवन निर्माणको काम बौडेश्वर निर्माण सेवा प्राली ले गरिरहेकोछ। यस निर्माण कम्पनीले डिपिसी पछि (डिपिसी सम्म समितीलेनै करिब बिस लाख बजेट रकममा सम्पन्न गरेको) को ईस्टिमेट अनुसारको भवन तथा अन्य संरचना निर्माणको लागि रु छैसट्ठी लाखमा ठेक्का लिएको हो।

मिति २०७४/११/११ मा ठेक्का सम्झौता गरेर काम सुरु गरेको निर्माण कम्पनी ले एक हप्ता अगाडी सम्म तस्विर देखिए जति काम सम्पन्न गरेको छ।
पुस्ताकलयको स्थापना/जग्गा खरिद प्रकृया/ भवन निर्माणको प्रकृया २०७२ साल फाल्गुण २७ गते जिल्ला प्रशासन कार्यलय गोरखामा ताकुकोट सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र नामको संस्था दर्ता बाट सुरु गरिएको थियो।

यो पुस्तकालयको भवन निर्माण तथा पुस्तकालयको स्थापनामा रिड नेपाल , गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको सहयोग रहेको छ। नेपालीले सक्छौ अभियान भाग २ अन्तरगत नेपालीकै रकम/सहयोगले भवन बनाउने संकल्पको साथ यो अभियान अगाडी बढेको हो।
रिड नेपालले रकम संकलन लाई अन्तिम चरणमा पुर्याएको छ भने गोरखा ताकुकोट सेवा समाजले केही रकम संकलन गरेको तथा बॉकी रकम तिहार लगतै सम्पूर्ण ताकुकोटबाट आई देश बिदेशमा रहनुहुने ब्यक्तीहरु लाई अपनत्व महशुस हुने गरि अभियान मार्फत संकलन गर्ने बताएकोछ।
यस पुस्तकालयलाई ताकुकोटको जीवन स्तर उकासन मुख्य भुमिका खेल्ने माध्यम तथा जिल्लाकै नमुना पुस्तकालय को रुपमा लिईएको छ। तर यस को भवन निर्माण प्रकृया सुस्त हुँदा स्थानियहरुले चिन्ता ब्यक्त गरेका छन्।
पुस्तकालय कक्ष सॅगै आईसिटी (कम्प्युटर) कक्ष, बाल कक्ष, महिला कक्ष, श्रव्य दृश्य, खेलकुद/ संगीत कक्ष, बृद्धवृद्धा कक्ष निर्माण तथा प्रबन्ध गरेर बिभिन्न समुहलाई समेट्ने यस पुस्तकालयले परिकल्पना गरेकोछ।
पुस्तकालयको संचालनको लागि आफ्नै नियमित आर्थिक उपार्जनको माध्यम (व्यवसाय) हुनै पर्ने यस्ता पुस्तकालयको नियम रहेकोछ। नेपालीले सक्छौ भाग १ (यसै प्रकृतीको) काभ्रेको पनौतीमा रहेको ज्ञान बिकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई सरकारले नेपाल भरिको उत्कृष्ट पुस्तकालय द्वारा सम्मानित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्