पोखराबाट सहन्यायाधिवक्ता थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ Jagaran News Published On : 10 October, 2018 4:29 am काठमाडौं, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित पक्राउ परेका हुन् । ठगी मुद्दालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्