कठमाडौं, असोज २३ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित एउटा घरमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोडमा रहेको दुर्गामणि गौतमको घरबाट सल्किएको आगोले एउटा खाजाघर र त्योसँगै जोडिएको किराना पसल, डेरी र फेन्सी पसलमा क्षति पुगेको छ ।
राति सवा ९ बजे लागेको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका र नवलपुरको कावासोती नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
आगलागी हुनुको कारण खुल्न सकेको छैन । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्