भक्तपुरमा बसबाट खसेर सहचालकको मृत्यु Jagaran News Published On : 9 October, 2018 2:53 am काठमाडौं, असोज २३ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कुल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ। बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि र्भयाङबाट खस्दा अन्दाजी वर्ष २०र२२ वर्षका सहचालकको मृत्यु भएको हो। उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताए। सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ। कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।
प्रतिक्रिया दिनुहोस्