तिहारअघि नै विराटनगरमा आउने भयो रेल !

काठमाडौं, असोज २० । भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ ।
विराटनगर र बथनाहा अब एक महिनाभित्र (तिहारअघि) रेल मार्गले जोडिने छ।
नेपालको रेल विभाग र भारती विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रुपमा बथनाहाबाट विराटनगर–१८ बुधनगर भन्सार यार्डसम्म निर्माणाधिन रेलमार्ग अनुगमन गरेका छन् ।
त्यसक्रममा दुबै देशका रेल अधिकारीले एक महिना भित्र बथनाहाबाट बुधनगरसम्म रेल सञ्चालन हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्