काठमाडौं, असोज १७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग सुरु भएको आन्दोलन फेरि चर्कंदै गएको छ । विभिन्न संघ–संस्थाले दिनहुँजसो धर्ना, जुलुस र बन्दलगायत कार्यक्रमहरू गरिरहेका छन् ।
कञ्चनपुर बन्दको आहवान गरेको नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयका कर्मचारीमाथि हातपात र कार्यालयमा तोडफोड गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्