५ वर्षीया बालिका बलात्कार प्रयास गर्ने सरकारी कर्मचारी २३ दिन पछि पक्राउ

कठमाडौं,असोज १२ । दोलखामा पाँच वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने सरकारी कर्मचारीलाई प्रक्राउ गरिएको छ ।
दोलखा प्रहरीले लामो समयको खोजी पछि काठमाडौंमा लुकेर बसिरहेका कमल बजगाईंलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
आफ्नै घरमा खेलिरहेकी बालिकालाई बलात्कार गर्ने प्रयास गरेर फरार भएका बजगाईंलाई पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
भदौ १८ गते बेलुकी बालिकाको घरमा पुगेका बजगाईं अर्को कोठामा खेलिरहेकी बालिकालाई बलात्कार गर्ने प्रयास गरेको बालिकाकी आमा बुबाको किटानी जाहेरी पछि प्रहरीले खोजी गरेको थियो ।
घटना भएको २३ दिन पछि बजगाईं विहीबार पक्राउ परेका हुन् ।
खानेपानी डिभिजन कार्यालयका प्राविधिक पदमा अस्थाई करारमा कार्यरत बजगाईंमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्