काठमाडौं, असोज ९ । काठमाडौं प्रहरी परिसरले टोखाबाट ३ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेर घटनाको विस्तृत जानकारी दिने भएको छ । उनीहरूले त्यो सुन केरूङ नाकाबाट भित्र्याएको प्रहरीले जनाएको छ ।
परिसरका प्रमुख एसएसपी वसन्त लामाले सोमबार राति सुनसहित भरिया समातिएको पुष्टि गर्दै थप विवरण दिउँसो सार्वजनिक गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्