पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पूर्जी जारी

काठमाडौं, असोज ९। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी गरेको छ।
गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा गत भदौ ८ गते डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो। पीडितहरुको पप्पुका अध्यक्ष रौनियारविरुद्ध किटानी जाहेरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पटकपटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो। ’पटकपटक बोलाउँदा पनि कोही सम्पर्कमा आएनन्,’ एसपी केदार ढकालले भने, ’त्यही भएर पक्राउ पूर्जी जारी गरिएको हो।’
अध्यक्ष रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन्।
प्रतिक्रिया दिनुहोस्