ट्रक र माइक्रोबस ठोक्किँदा दुईजनाको मृत्यु, आठजना घाइते

काठमाडौं, असोज ९ । तनहुँमा ट्रक र माइक्रोबस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।
पोखराबाट भैरहवाका लागि छुटेको लु १ ख ४१९४ नम्बरको ट्रक र दमौलीबाट पोखराका लागि छुटेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठोक्किँदा दुईजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा आठजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्