पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या पाँच वर्षमा दोब्बरभन्दा बढी
कठमाडौं , असोज ८ । पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या पाँच वर्षमै दोब्बरभन्दा बढी भएको छ ।
निकुञ्जले यस वर्ष भएको बाघ गणनामा पाटे बाघको संख्या निकै वृद्धि भएको देखिएको जनाएको हो । निकुञ्जभित्रबाट मानव बस्तीको स्थानान्तरण र आरक्षबाट निकुन्जमा रुपान्तरण हुँदै क्षेत्रफल फैलिएपछि वन्यजन्तुले पर्याप्त स्थान पाउँदा बाघको संख्या वृद्धि भएको हो ।
२०७४ मंसिर १४ गतेबाट सुरु भएको बाघ सर्वेक्षणले पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०१३ को तुलनामा बाघको संख्यामा दोब्बरभन्दा बढी वृद्धि भएको देखाएको छ ।
सन् २०१३ मा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७ मात्र रहेकोमा अहिले बढेर १८ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।
नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने लक्ष्य राखेको छ । हाल नेपालमा २ सय ३५ वटा बाघ छन् ।















प्रतिक्रिया दिनुहोस्