शेयर कारोबार पूर्णरुपमा अनलाइनमा आउन अझै २ महिना लाग्ने

काठमाडौं, असोज २ । धितोपत्र बजारलाई पूर्णरूपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ ।
निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरूपमा कारोबार अनलाइनमार्फत हुन नसकेको र अबको दुई महिनामा मात्रै शेयर कारोबार पूर्णरूपमा अनलाइनमा हुने स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।
‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरूपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भएको र परीक्षणको रूपमा ‘मोक टेडिङ’ मात्रै शुरु भएको उनले बताए । परीक्षण गर्न कम्तिमा डेढ महिना लाग्ने देखिएको छ । स्टक एक्सचेञ्जले शेयर दलाल कम्पनीलाई पनि टाडा सेन्टर बनाउन निर्देशन दिएको छ ।
दलाल कम्पनीले आफ्नै डाटा सेन्टर तयार गर्नसक्ने वा सामूहिक रूपमा पनि तयार गर्न सक्नेछन् । मंगलबारदेखि लगानीकर्तालाई अनलाईन कारोबारमा अभ्यस्त बनाउन लागिएको स्टक एक्सचेञ्चले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्