काठमाडौं,१ असोज । प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।
पक्राउ परेका सिंहलाई जाँच गर्दा भारतीय प्रतिबन्धित रु ५०० दरको नोट रु दुई लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।
उनलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी आवश्यक अनुसन्धानको कार्य भइरहेको छ। सिंह नक्कली नोटको कारोबारमा समेत संलग्न रहँदै आएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्