काठमाडौं, भदौ २४ । जाजरकोटको जिल्लाको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टौं हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ ।
जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताए ।
अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिए । । केन्द्रीय कार्यालयबाट स्तरोन्नतिका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताए ।
भेरी नगरपालिका–६ मछाइनामा रहेको नेपाल टेलिकमको नमस्ते, स्काइको टावर र जुनिचाँदे गाउँपालिका–२ मजकोटमा रहेको स्काइको टावर कुशे गाउँपालिकाको लाताचुलीको टावरलाई स्तरोन्नति गर्ने भनिए पनि काम नहुँदा यहाँका हजारौँ स्थानीयले फोन सेवाबाट वञ्चित भएको जैसीले बताए ।
यता नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटले भने प्राविधिक सर्वेक्षण सम्पन्न भएकोले अब स्तरोन्नतिका काम अगाडि बढाउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्