खोलाले बगाउँदा श्रीमान्‌-श्रीमतीकै मृत्यु

काठमाडौं । रुकुमको बाँफीकोट गाउँपालिकामा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका ८ दुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको स्थानीय बडगाई खोलामा बगेर मृत्यु भएको हो।

काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा बगेका घर्ती दम्पतीमध्ये श्रीमान्‌को शव शुक्रबार बेलुकी फेला परेको थियो। बगेको स्थानभन्दा करिब दुई सय मिटर तल उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।

श्रीमती तुलसाको शव भने आज बिहान स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करिब १ सय ५० सय मिटर तल फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्