सुुत्केरीको ज्यान गएपछि अस्पताल तोडफोड, प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार
काठमाडौं । अस्पतालको लापरवाहीले गर्भवतिको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले अस्पतालमा तोडफोड गरेका छन् ।हरिवन नमुना अस्पतालमा तोडफोड भएको छ ।
हरिवन १० पटौनाकी २९ वर्षीय सावित्री कार्कीलाई सुत्केरी व्यथा लागेर शुक्रबार दिउँसो ४ बजे अस्पताल भर्ना गरिएको थियो ।
तर राति १० बजेसम्म पनि बच्चा जन्मिन नसकेपछि अस्पतालले विरगञ्ज पठाएको थियो । विरगञ्ज लैजाने क्रममा कार्कीको बीचबाटोमा नै ज्यान गएपछि स्थानीयबासिन्दा आक्रोशित भएका हुन् ।
उनीहरुले कार्कीको शव नमुना अस्पतालको गेटमा राखेर प्रदर्शन गरिरहेका छन् । अस्पतालले कार्कीको उपचारमा लापरवाही गरेको स्थानीयबासिन्दाको आरोप छ ।
स्थानीयले नमुना अस्पतालको फार्मेसिमा पनि तोडफोड गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्