हात्तीको आक्रमणबाट माउतेको मृत्यु

 काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट बिहीबार बिहान माउतेको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद ‘ख’ नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए।

सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो। घाँस काट्न गएका दुईमध्ये अर्का एक रूखमा चढेर बाँच्न सफल भएका थिए।

सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्