दार्जीलिङमा चोरीको सुनसहित तीन जना पक्राउ, नेपाली पनि संलग्न

काठमाडाैं । दार्जीलिङ प्रहरीले चोरिएका सुनसहित एक नेपाली नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा विशेष अभियान चलाएको प्रहरीले विशाल राई, अन्जिला तामाङ (भोटिया) र किरण तामाङलाई पक्राउ गरेको हो।

विशाल राई नेपाल झापा जिल्लाको दमक निवासी हुन्। अन्जिला तामाङ र किरण तामाङ दार्जिलिङ निवासी हुन्। प्रहरीले पक्राउ परेका ब्यक्तिहरूबाट करिब एक लाख ७१ हजार ३ सय ९० रुपैयाँ भारु बराबरको सुन पनि जफत गरेको छ।

प्रहरीका अनुसार सुन चोरीको यो घटनामा थप दुईजना संलग्न छन्, जसको खोजी कार्य हुँदैछ। उनीहरूको नाम हेम्बे र अभिषेक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि भारतीय दण्ड संहिताका विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले यो घटनामा गहन जाँच शुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्