६ वर्षीय बालकको घाँटी बटारेर हत्या गर्ने हजुरबुवा र ठूलीआमा जेल चलान

काठमाडौं । नातीको हत्याको आरोप लागेका हजुरबुवा र ठूलीआमालाई पर्सा जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान भएका छन् ।

पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्बर २ बैरिया बिर्ताका ताराचन्द साह र रीतादेवी साहलाई साउन ३० गते अदालतले पूर्पक्षका लागि जेलमा राख्ने आदेश दिएको हो ।

बैरिया बिर्ताका शिवजी साहको छोरा ६ वर्षीय आयोग साहको असार ३१ गते साहको घरदेखि ३ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा शव फेला परेको थियो ।

६ वर्षीया बालक आयोगलाई हजुरबुवा र ठूलीआमा मिलेर घाँटी बटारेर हत्या गरेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानका क्रममा फेला परेको दशी र प्रमाणको आधारमा सरकारी वकीलमार्फत जिल्ला अदालतमा पेश गर्दा उनीहरुलाई पूर्पक्षमा राख्ने आदेश भएको हो ।
ताराचन्द हत्या गरिएका बालक आयोग साहका हजुरबुवा हुन् भने रीतादेवी ठूलीआमा हुन् ।

प्रतिक्रिया दिनुहोस्