चुनाव नजिकिँदै गर्दा शेयर बजार घट्यो

काठमाडौं । दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेशसभाको मिति नजिकिंदै गर्दा शेयर बजार भने घटेको छ । यो साताको पहिलो दिन सोमबार बजार खुलेपछि केही मिनेटका लागि उकालो चढेपनि त्यसपछि क्रमिक घट्दै जाँदा मध्यान्ह साढे १२ः४५ बजे सम्म ८ दशमलव ५५ अंकले घटेको छ ।

सोमबारको कारोबारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सबैभन्दा बढी २ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै आजको कारोबारको यो अवधिसम्म लगानीकर्ताले सबैभन्दा बढी शेयर मूल्य गुमाएको युनाईटेड इन्स्योरेन्सको १ करोड २१ लाखभन्दा बढी रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्