निदाइरहेको छोराको घाँटी काटेर बाबुले गरे हत्या
काठमाडाैं। मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै छोराको हत्या गरेका छन् ।
चापागाईँले श्रीमती र छोरी निदाई सकेपछि रातिको ११ः५५ बजे मासु काट्न प्रयोग हुने चुप्पीले निदाइरहेका आफ्नै १७ वर्षीय छोरा सागर चापागाइको घाँटीमा हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार मंगलबार राति घरमा झगडा परेको थियो । यसअघि पनि विभिन्न वाहनामा श्रीमतीसँग चापागाईँको झगडा भैरहन्थ्यो ।
चुप्पीले हानेर छोराको हत्या गरेपछि चापागाईँ कोठाबाट भागेका थिए । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार प्रहरीले चापागाईँलाई कोटेश्वरतर्फ भाग्दै गर्दा पक्राउ गरेको थियो ।
चापागाईँलाई प्रहरी वृत्त थिमीमा राखेर घटनाको थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक पाेखरेलले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्