विन्ध्यवासिनी हाइड्रोपावरको विक्रि प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त

काठमाडौ–१५,श्रावण । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५,००,००० कित्ता साधारण शेयर स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक श्री भरत वहादुर पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । यस कम्पनीले स्थानीयवासीको लागि १०,००,००० कित्ता र सर्वसाधारणको लागी १५,००,००० कित्ता गरि जम्मा २५,००,००० कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्