जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो,यातायात सेवा अवरुद्ध

काठमाडौं । निरन्तर परेको अविरल वर्षाले जाजरकोट जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ ।

पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् ।
यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन् । जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।

शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा आवतजावत गर्न समस्या भएको छ । गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रु पैदल हिँड्न बाध्य भएका छन् ।

अवरुद्ध सडकलाई तत्काल सञ्चालन गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नुपर्ने सदरमुकामवासीले माग राखिरहेका छन् ।
सडक विभागले निर्माण गरेका सडकमा पर्खाल राम्रोसँग निर्माण नगर्दा ठाउँ ठाउँमा पहिरो गएको हो ।

प्रतिक्रिया दिनुहोस्