बिजुली बत्ती बाल्न खोज्दा करेन्ट लागेर दुई जनाको ज्यान गायो
काठमाडौं । सर्लाहीको हरिपुर्वामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।
सोमबार साँझ घरमा बिजुली बत्ती बाल्ने क्रममा बसन्तपुरका ३१ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता मण्डलको ज्यानको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बिजुली बत्ती बाल्ने क्रममा नाङ्गो तारमा छोइएपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
करेन्ट लागेर घाइते भएका फुलमतीदेवीको सर्लाही अस्पतालमा उपचार भैइरहेको छ।
प्रतिक्रिया दिनुहोस्