बझाङमा पहिरोमा पुरिएर एकै घरका तीनसहित चार जनाको मृत्यु

काठमाडौं। बझाङमा पहिरोमा पुरिएर एकै घरका तीनसहित चार जनाको मृत्यु भएको छ । बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरोले पुरिएर चार जनाको ज्यान गएको छ । खप्तडछान्ना गाउँपालिका(६ को वयानास्थित खलेगडो भन्ने ठाउँमा बसेर कुराकानी गरिरहेका बेला एक्कासी माथिबाट पहिरो आउँदा घटना घटेको हो ।

मृत्यु हुनेमा पाटादेवल स्वास्थ्य चौकीमा कार्यरत महेश्वरी थापा ुमायाु, उनका नाबालक छोरा कृष्ण, उनकै सासुआमा उजली थापा र अर्का गाउँकै मंगल थापा रहेका छन् । मंगल थापाको विवाह भएको जम्मा चार महिना पुगेको थियो ।

त्यसैगरि मृतक महिला महेश्वरी थापा ुमायाु कै अर्का छोरा रिकेश थापा र गाउँकै अर्का बालक कवि थापा गम्भिर घार्इते भएका छन् । घटनास्थल बयानाबासीको भेला भर्इ छलफल गर्ने थलो हो । घटनास्थलमा ठूला(ठूला ढुङ्गासहित पहिरो खसेकाले शव निकाल्ने प्रयास भर्इरहेको स्थानिय सुदर्शन थापाले बताए । घटनाले गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्