धादिङमा भूकम्पको धक्का

काठमाडौं । धादिङमा भूकम्पको धक्का गएको छ । धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको हो । राती १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

ठूलो भूकम्पपछि साना परकम्प धेरै समयसम्म आइरहने भएकाले आत्तिनु नपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्