ओखलढुंगामा पहिरोले १५ परिवार विस्थापित
काठमाडौं । लगातारको झरी र पहिरोका कारण ओखलढुंगाको सुनकोशी गाउँपालिका २, ककनीका १५ परिवार विस्थापित भएका छन्। ककनीका ७ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।
शुक्रबार रातिदेखिको अविरल वर्षाले स्थानीय वैशाके ककनी खोलाको बाढी गाउँमा पसेको र पहिरो खसेपछि १५ परिवारका ७३ सदस्य विस्थापित भएको प्रहरीले जनाएको छ।
बिस्तापित भएकाहरुलाई प्रहरीको सहयोगमा स्थानीयबासीको घरमा राखिएको छ।
जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्