नारायणी नदीमा डुबेर बालक बेपत्ता

काठमाडौं । पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन्। सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयवासीले जनाएका हुन्। बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन्। हालसम्म बालक नभेटिएको रामनगर प्रहरी चौकीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्