सरसफाइ कार्यक्रममा मन्त्रीदेखि मजदुरसम्म
काठमाडौ । बुटवलको सबैभन्दा बढी ब्यस्त रहने क्षेत्र मध्ये बसपार्क पनि एक हो । आफ्नो वरपरको क्षेत्रलाई सफा र हराभरा राख्नु सबैको कर्तव्य हो । यसै कार्यलाई कर्तव्यनिष्ट गर्दै बुटवल बसपार्कको आज विशेस सरसफाइ गरिएको छ ।
सरसफाइ कार्यक्रममा प्रदेश मन्त्री देखि यातायात मजदुर सम्म सहभागी भयका छन । सरसाफाइ अभियान अन्तरगत चौथो हप्ताको कार्यक्रममा बुटवल बसपार्क र आसपासका ठाउ सरसफाइ गरिएको हो ।
उक्त सरसफाइ कार्यक्रममा प्रदेश नम्बर पाँचका उध्योग,पर्यटन ,वन तथा बाताबरण मन्त्री लिला गिरि,प्रदेश साम्सद निर्मला क्षेत्री ,बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदि सहित अन्य कर्मचारीहरु ,काठमाण्डौ चक्रपथ सरसफाइ अभियानका सम्योजक लोकबहादुर टण्डन ,नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,बस ब्यबसायिहरु,बुटवल ब्याडमिन्टन क्लबका सदस्यहरु,नेपाल यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा अन्य मजदुरहरु सहित सर्वसाधारणको सहभागिता रहेको थियो ।
उक्त सरसफाइ बाट करिब १५ टन फोहोर संकलन भयको सरसफाइ अभियान्ता लोकबहादुर टण्डनले जानकारी गराय । सरसफाइमा सहभागी मन्त्री गिरिले भने यो सरसफाइ अभियानले बुटवल हराभरा हुनेछ र यो सरसफाइ अभियान पाँच नम्वर प्रदेश भरी नै सन्चालन हुनुपर्छ मन्त्री गिरिले बातावरण फोहोर हुनाले आमजनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भयकाले बाताबरण सरसफाइ गर्नु सबैको दायित्व भयकोमा जोड दिय ।
त्यसै गरि सरसफाइमा सहभागी बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदिले सरसफाइ कार्य नियमित हुनु पर्नेमा जोड दिय। प्रमुख सुबेदिले बुटवल सरसफाइ गर्ने काममा उपमहानगर जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताय । काठमाडौको चक्रपथ सरसफाइ गर्ने अभियानको नेतृत्व गरेका लोकबहादुर टण्डनले बुटवलको फोहोर हटाउन आफ्नो टिम प्रतिबद्ध रहेको बताए । टण्डन तिनाउ सरसफाइ अभियानका मुख्य अभियान्ता हुन ।
उक्त सरसफाइ कार्यक्रममा बुटवल उपमहानगरले सरसफाइ सामाग्री ,डोजर,ट्याक्टर ,ट्रीप्परको लगाएतको ब्यबस्था गरेको थियो ।सरसफाइमा करिब पाँच सय सहभागी थिय । यो अभियान प्रत्येक हप्ता निरन्तर चल्ने तिनाउ सरसफाइ अभियानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्