८ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजार परिसूचक आज नेप्से सूचक ८.०२ अंकले बढेर १४८०.२६ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५९ कम्पनीका ९ लाख ३१ हजार ५ सय ३२ कित्ता शेयर खरिद बिक्रि बाट ३४ करोड ८२ लाख ८३ हजार ३ सय ५२ रुपियाँको कारोबार भएको छ ।

आज साग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै २ करोड ६५ लाखको कारोबार भएको छ । भने ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । पछिल्लो ४ दिनमा बैंकको मूल्य १६७ रुपियाँले बढेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये फाइनान्स र अन्य समूह बाहेकका सबै सूचक बढेका छन् ।

आज अन्य धेरै कमाउने कम्पनीहरुको सुचीमा प्रोग्रेशिभ फाइनान्स, हाम्रो विकास बैंक, दिब्यश्वरी हाइड्रो लगायत रहेका छन् ।

आज सिनर्जी फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । त्यस्तै बढी गुमाउनेको सुचीमा हिमालयन जनरल इन्स्योरेन्स, रिलायबल माइक्रोफाइनान्स, अरुण फाइनान्स लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्