शेयर बजार दोहोरो अंकले ओरालो

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ भने ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक पनि २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा आइपुगेको छ ।

आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्